भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

दक्षिण अफ्रिकाका नौ जना शान्ति सैनिक फिर्ता हुने

दक्षिण अफ्रिकाका नौ जना शान्ति सैनिक फिर्ता हुने

एजेन्सीँ । कङ्गोमा कार्यरत दक्षिण अफ्रिकाका नौ जना शान्ति सैनिक फिर्ता हुने भएका छन् । यौन तथा अन्य दुर्व्यवहारको आरोप लागेपछि उनीहरु फिर्ता हुने भएका हुन । पूर्वी कङ्गोमा शान्ति स्थापनार्थ १२ हजारभन्दा धेरै शान्ति सेना तैनाथ छन् । त्यस क्षेत्रमा एक सयभन्दा बढी सशस्त्र समूह सक्रिय रहेको राष्ट्रसङ्घले जनाएको छ ।

दक्षिण अफ्रीकी अधिकारीहरूले पीडितलाई सहयोग गर्ने तथा शान्ति स्थापना मिसन कार्यमा राष्ट्रसङ्घको मानकलाई कायम राखिने प्रतिबद्धता जनाएका छन् । संयुक्त राष्ट्रसङ्घले उनीहरूविरुद्धको आरोपको गम्भीरतालाई ध्यानमा राख्दै तत्काल स्वदेश फर्काउने निर्णय गरेको जनाएको छ । उनीहरुले आरोपमाथि छानबिन गर्न पनि अवरोध गरेका राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र संघका अनुसार अन्य दुई वरिष्ठ अधिकृतलाई पनि बदलिने तयारी भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.