भर्खरै : Sorry, your browser does not support inline SVG.
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव |

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाह

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाह

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाह गरिएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संबैधानिक अधिकार प्रयोग गर्दै मङ्गलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका ती अधिकारीको जेल सजायँलाई ‘विशेष परिस्थिति’ मिनाह गरिदिनुभएको हो ।

सन् २०१३ को फेबु्रअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएका लीलाई सन् २०२० को अक्टोबरमा घूस खोरी र अनियमिततागरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो । बुधबारदेखि लागू हुने गरी जेल जीवनलाई ‘विशेष मिनाह’ गरी बाँकी १५ वर्षको जेल सजायबाट छुट दिइनेछ ।

गत मे महिनामा पदभार ग्रहण गरेयता युनले राष्ट्रपतिका रूपमा दोस्रो पटक पूर्व सरकारी अधिकारीहरूलाई क्षमादान दिनुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.