भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

दक्षिण कोरियामा एक दिनमा ८५ हजार तीन सय २० कोभिड–१९ का नयाँ सङ्क्रमित

दक्षिण कोरियामा एक दिनमा ८५ हजार तीन सय २० कोभिड–१९ का नयाँ सङ्क्रमित

सोल, । दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार तीन २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्। अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ । तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ ।

नयाँ केसहरू मध्ये, चार सय ३९ जना आयातित रहेको जनाइएको छ । यद्यपी ४३ हजार पाँच सय ३८ जना कोरोना मुक्त भएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ । यस अवधीमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल सङ्ख्या २४ हजार नौ सय ९२ पुगेको छ । कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.