भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

दक्षिण कोरियामा देखिए अहिलेसम्मकै धेरै कोभिड सङ्क्रमित, देश चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

दक्षिण कोरियामा देखिए अहिलेसम्मकै धेरै कोभिड सङ्क्रमित, देश चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

सोल । दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु यतिधेरै बढेका हुन् ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १ हजार २७५ जना संक्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या १ लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ । बुधबार मात्र पनि यहाँ देखिएको १ हजार २१२ जना सङ्क्रमित भेटिएको थियो ।

यहाँ बिहीबार देखिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसैले यहाँका अधिकारीहरुले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका छन् । दक्षिण कोरिायमा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

त्यो संख्यामा बृद्धि भएर बुधबार र बिहीबार सङ्क्रमितहरु पाइएको समाचारमा जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको छ ।

यो तथ्यांक आएपछि यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन् । बिहीबार देखिएका यी सङ्क्रमितहरुमा ६०० भन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा देश कोरोना महामारीको अर्को वेभमा प्रवेश गरेको बताइएको हो ।

यहाँ कोराना विरुद्धको खोपका अभियानलाई ब्यापक बनाइएको छ । जसका कारण यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.