भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दक्षिण कोरियाले कोभिड(१९ खोप गर्भवती र बालबालिकालाई पनि लगाइदिने

दक्षिण कोरियाले कोभिड(१९ खोप गर्भवती र बालबालिकालाई पनि लगाइदिने

सिओल, । दक्षिण कोरियाले कोभिड(१९ विरुद्धको खोप गर्भवती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई पनि लगाइदिने भएको छ। यहाँको स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप लगाउने छन् । यस निर्णयसँगै अक्टोबर १८ देखि शुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाख भन्दाबढी बालबालिका लाभान्वित हुनेछन् । गत जुलाइदेखि बालबालिकामा पनि सङ्क्रमण तीव्ररूपमा बढेको पाइएपछि यो अभियान घोषणा गरिएको थियो।

अगस्टमा मात्र उक्त उमेर समूहका ३,०५० बालबालिका सङ्क्रमित भएका थिए। त्यसैगरी १३६,००० गर्भवती महिलाहरूले पनि अब पहिलो मात्रा खोप लिनेछन् । अध्ययन रिपोर्टअनुसार गर्भवती महिलाहरू सङ्क्रमित हुँदा अन्य भन्दा छ गुणा बढी जटिलता हुनसक्ने हुन्छ। यसैगरी स्वास्थ्य निकायले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी र अन्य जोखिममा रहेका समूह र ६० वर्ष माथिका समूहलाई अक्टोबर २५ देखि तेस्रो मात्रा अथवा बुस्टर डोज लगाइने भएको छ। हालसम्म दक्षिण कोरियाले ७४.२ प्रतिशत जनतालाई खोप लगाइसकेको छ।

 


Thali Mobile Pvt.Ltd.