भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

दलहरुबीच भागबण्डा नमिल्दा संसदीय समितिहरुले पूर्णता पाएनन्

दलहरुबीच भागबण्डा नमिल्दा संसदीय समितिहरुले पूर्णता पाएनन्

काठमाडौं । संसदीय समितिहरू निष्प्रभावी बन्दै गएका छन् । सरकारको काम कारबाहीप्रति निगरानी गर्ने, निर्देशन दिने तथा सरकारलाई पारदर्शी र जवाफदेही बनाउने समितिहरु निष्प्रभावी बन्दा जनताका मुद्दाहरु ओझलमा परेका छन् । संसदीय समितिलाई सक्रिय बनाएर सरकारका अंगहरूलाई सुशासित बनाउनुपर्ने पार्टीभित्र र बाहिरसमेत पटकपटक आवाज उठे पनि शीर्ष नेताहरूले समितिको नेतृत्व चयन गर्न आलटाल गरेका छन् ।

राजधीतिक दलहरु आफ्नो दुनो सोझो बनाउन संसदीय समिति बनाउन नमानेका हुन । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिहरू यतिबेला ‘कामचलाउ सभापति’ ज्येष्ठ सदस्यको नेतृत्वमा रहेका छन् ।

समितिमा सभापति चयनको प्रक्रिया अघि बढाउँदै गर्दा एमालेले संसद् अवरुद्ध गरेका कारण पूर्णता दिन नसकिएको सत्तापक्षले जिकिर गरिरहेको छ । खासमा राजनीतिक दहरुकाबीच भागवण्डा नमिलेका कारण समिति निष्प्रभावी बन्दै गएका हुन ।

 


Thali Mobile Pvt.Ltd.