भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दार्चुला-बैतडी-काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रम सम्पन्न

दार्चुला-बैतडी-काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको दार्चुला बैतडी काठमाडौँ पालिका नगर सम्पर्क समन्वय समितिको कार्यक्रम सम्पन्न भएको छ। देशैभर वडा सम्मेलन सुरु गरेको माओबादी केन्द्रले काठमाडौंको कोटेश्वर स्थित हिमालयन कलेजमा भव्यरुपमा कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले जनयुद्ध र जनआन्दोलनका उपलब्धि हासिल गर्न सबै एक भएर जानु पर्ने र सबैलाई संगठित गर्नु पर्ने बताए । कार्यक्रम सफल्ताको शुभकामना ब्यक्त गर्दै भट्टले अन्याय र अत्याचारका विरुद्ध हतियार बोकेर आएको पार्टीले जनताका अधिकारका लागि लड्न परे पछि नहट्ने बताए ।

सबै जातजाति र वर्गको समान सहभागिताको पार्टी नेकपा माओवादी केन्द्र भएको टिप्पणी गरे । यस्तै कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा माओवादी केन्द्रकी नेतृ रेण चन्दले महिला सहभागिता बिना अव कुनै पार्टीको अस्तित्व नरहने दावी गरिन् ।

महिला सशक्तिकरणको कुरा गर्नेले सबैभन्दा पहिला आफ्ना घरका महिलालाई सचेत र संगठित गर्नु पर्ने बताइन् । पार्टीभित्र महिला सहभागितालाई जोड दिदै अगाडि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिइन् ।

 


Thali Mobile Pvt.Ltd.