भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

दिल्लीसहित भारतका विभिन्न क्षेत्रमा अविरल वर्षा, राजस्थानका सबै विद्यालय बन्द

दिल्लीसहित भारतका विभिन्न क्षेत्रमा अविरल वर्षा, राजस्थानका सबै विद्यालय बन्द

एजेन्सी, ९ भाद्र । भारतको राजधानी दिल्लीसहित विभिन्न क्षेत्रमा अविरल वर्षा भइरहेका कारण धेरै ठाउँमा बाढीको समस्या देखा परेको छ ।

राजस्थानका धेरै जिल्लामा २४ घण्टाभन्दा बढी समयदेखि भइरहेको ठूलो वर्षाले बाढीको जोखिम बढाएको बीबीसी हिन्दीले जनाएको छ । आज त्यहाँका सबै विद्यालयहरू बन्द गरिएको छ ।

पञ्जाबको पठानकोटमा पनि वर्षाका कारण सडकमा पानी जम्ने समस्या देखिएको छ र केही घर क्षतिग्रस्त भइसकेका छन् ।

यसअघि उत्तराखण्डको चमोली जिल्लामा गएको शुक्रवार वर्षाका कारण ठूलो बाढी आएको थियो । प्रशासनले विभिन्न जिल्लाका बासिन्दालाई आवश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.