भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

दुई पालिकाको लगानीमा पक्की पुल निर्माण सुरु

दुई पालिकाको लगानीमा पक्की पुल निर्माण सुरु

तनहुँ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका जोड्न मितेरीखोलामा पक्की पुल निर्माण सुरु भएको छ । म्याग्दे-५ र शुक्लागण्डकी नगरपालिका-७ जोड्न मितेरीखोलामा पक्की पुल बन्न लागेको हो । म्याग्देका अध्यक्ष मायादेवी राना र शुक्लागण्डकी नगर प्रमुख किसान गुरुङले बिहीबार संयुक्त रुपमा उक्त पक्की पुलको शिलान्यास गरेका हुन् । दुवै पालिकाको लागत साझेदारी रहने गरी पुल निर्माण गर्न लागिएको हो ।

विसं २०७९ मङ्सिर ५ गतेभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा कश्यप निर्माण सेवा प्रालिले पाएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिएका हुन् । कर सहित रु एक करोड ४० लाख ४३ हजार १४५ मा पुल निर्माणको ठेक्का लागेको छ । पुल निर्माणका लागि दुवै पालिकाले रु ७० लाख २१ हजार ५७२ लगानी गर्नेछन् । पुल निर्माणका लागि शुक्लागण्डकी नगरपालिकाले रु ५० लाख सहयोग गरिसकेको छ । पुल नहुँदा यहाँका बासिन्दालाई वारपार गर्न समस्या हुँदै आएको थियो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख गुरुङले यस ठाउँमा पुल निर्माण अति आवश्यक देखिएपछि दुवै पालिकाले सहकार्य गरेको बताए । यसका अतिरिक्त प्रमुख गुरुङले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार निर्माणले नगरपालिकाले प्राथमिकता दिँदै आएको बताए ।

 


Thali Mobile Pvt.Ltd.