भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुई पालिकाको लगानीमा पक्की पुल निर्माण सुरु

दुई पालिकाको लगानीमा पक्की पुल निर्माण सुरु

तनहुँ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका जोड्न मितेरीखोलामा पक्की पुल निर्माण सुरु भएको छ । म्याग्दे-५ र शुक्लागण्डकी नगरपालिका-७ जोड्न मितेरीखोलामा पक्की पुल बन्न लागेको हो । म्याग्देका अध्यक्ष मायादेवी राना र शुक्लागण्डकी नगर प्रमुख किसान गुरुङले बिहीबार संयुक्त रुपमा उक्त पक्की पुलको शिलान्यास गरेका हुन् । दुवै पालिकाको लागत साझेदारी रहने गरी पुल निर्माण गर्न लागिएको हो ।

विसं २०७९ मङ्सिर ५ गतेभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा कश्यप निर्माण सेवा प्रालिले पाएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिएका हुन् । कर सहित रु एक करोड ४० लाख ४३ हजार १४५ मा पुल निर्माणको ठेक्का लागेको छ । पुल निर्माणका लागि दुवै पालिकाले रु ७० लाख २१ हजार ५७२ लगानी गर्नेछन् । पुल निर्माणका लागि शुक्लागण्डकी नगरपालिकाले रु ५० लाख सहयोग गरिसकेको छ । पुल नहुँदा यहाँका बासिन्दालाई वारपार गर्न समस्या हुँदै आएको थियो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख गुरुङले यस ठाउँमा पुल निर्माण अति आवश्यक देखिएपछि दुवै पालिकाले सहकार्य गरेको बताए । यसका अतिरिक्त प्रमुख गुरुङले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार निर्माणले नगरपालिकाले प्राथमिकता दिँदै आएको बताए ।

 


Thali Mobile Pvt.Ltd.