२ भदौ २०७७ काठमाडौं । नेपाली यात्रुको उद्धार गर्न भनेर दुबई पुगेकेको नेपाल एयरलाइन्स एक सय नेपालीलाई एयरपोर्टमा अलपत्र पारेर नेपाल एयरलाइन्सको विमान रित्तै फर्किँदै छ ।
स्वदेश फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा बसिरहेका उनीहरु लिन आएको प्लेन रित्तै फर्किन लागेको थाहा पाएपछि आक्रोशित भएका छन् । एरपोर्टमा अलपत्र परेका उनीहरुले सम्पूर्ण खर्च नेपाल एयरलाइन्स, उडान रद्द गराउने सीसीएमसी र प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यहोर्नुपर्ने बताईरहेका छन् ।
सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा नेपालीहरु अलपत्र परेका हुन । होटल क्वारेन्टिनको व्यवस्था भइनसकेको भन्दै उद्धार उडान रोक्न सीसीएमसीले निर्देशन दिएको थियो । सीसीएमसीको सोही आग्रहअनुसार विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरिँदा विदेशका एयरपोर्टहरुमा कयौं यात्रुहरु अलपत्र परेका छन् ।
