भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

दुर्घटनामा एकजनाको मृत्यु

दुर्घटनामा एकजनाको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामा रहेका छन् ।

अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना८ख ८०८७ नंको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा६७प २८९२ नंको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । सो घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय एण्डी लामा घाइते भएको प्रहरीले जनाएको छ ।

यसैबीच यही साउन ४ गते रोशी गाउँपालिका–१ फलामेसाँघुस्थित रोशी खोलाले बगाएर बेपत्ता भएका नमोबुद्ध नगरपालिका–९ का ४८ वर्षीय ज्ञानबहादुर लामाको शव मङ्गलबार फेला परेको छ । लामालाई भैँसी चराएर घर फर्कने क्रममा खोलाले बगाएको थियो । शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.