भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कार दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु

कार दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु

३२ जेठ २०७७ नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माकाे कार दुर्घटनामा मृत्यु भएको छ ।

सदरमुकाम परासी जाने क्रममा करिब ११ बजेतिर उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको हाे । दुर्घटनामा घाईते भएका शर्माकाे अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केशीले जानकारी दिए ।

शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् । कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो ।  जिल्लामा विपद व्‍यवस्थापन समितिको बैठकमा सहभागिता हुन शर्मा परासीतर्फ गइरहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.