भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ

सुर्खेत । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । वीरेन्द्रनगर–६ स्थित गोदाम लाईनमा रहेको भावना पञ्चकोशी होटेलबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार छन् । यस्तै नारायण नगरपालिका–९ दैलेख का ४० वर्षीया सविता थापा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

उनीहरुका साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.