भर्खरै : Sorry, your browser does not support inline SVG.

मौसममा केही सुधार आउने संकेत

मौसममा केही सुधार आउने संकेत

काठमाण्डौ । लगातारको झरी शनिबारदेखि केही कम हुने मौसमविद्ले जनाएका छन् । केही दिनदेखि परेको लगाताकारको झरी केही कम हुँदै जाने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । शनिबार वाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ।

बाँकी प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पार्ने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले लगातार झरी पर्ने क्रम पनि कम हुने जनाइएको छ ।

देशभरको मौसम पूर्णदेखि सामान्य बद्ली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। देशका केही नदी तथा खोलामा पानीको सतहले खतराको तह पार गर्न सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.