भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

देशभर झन्डै १० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

देशभर झन्डै १० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभरमा ९.८ धान रोपाइँ सकिएको जानकारी दिएको छ । सबै प्रदेशबाट प्राप्त तथ्यांकअनुसार यस अवधिसम्ममा ९.८ प्रतिशत धान रोपाई सकिएको विभागले जानकारी दिएको छ । नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आइरहेको छ । गत वर्षको यस अवधिसम्ममा ८.७५ प्रतिशत रोपाई सम्पन्न भएको थियो । यसमध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा रोपाइँ सकिएको छ । कर्णाली प्रदेशको २३.९ प्रतिशत हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यस्तै लुम्बिनीमा ८.८ प्रतिशत भूभागमा रोपाइँ सकिँदा बागमतीमा १८.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

गण्डकीमा ८.३ प्रतिशत रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत, क्षेत्रफलमा रोपाइँ सकिएको छ । कोशी प्रदेशमा ५.६ प्रतिशत भूभागमा र मधेश प्रदेशमा २.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको बताइएको छ । तथ्यांकअनुसार सबैभन्दा कम रोपाई मधेशमा भएको छ ।

 


Thali Mobile Pvt.Ltd.