भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

बक्यौता विद्युत् महसुल बुझाउँन नेपाल विद्युत् प्राधिकरणको ४५ दिने सूचना

बक्यौता विद्युत् महसुल बुझाउँन नेपाल विद्युत् प्राधिकरणको ४५ दिने सूचना

काठमाडौँ । स्थानीय तहहरूलाई नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा दिने भएको छ ।

स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था प्राधिकरणले गरेको हो ।

सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरुलाई सूचना जारी गर्दै प्राधिकरणले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा किस्ताबन्दीका लागि आवेदन दिन आग्रह समेत गरेको छ ।

प्राधिकरणले ४५ दिन सार्वजनिक सूचना जारी गर्नु पर्ने निर्णय भएकाले सूचना निकाले रै ४५ दिन भित्र केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.