भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

द्वन्द्व ग्रस्त युक्रेनबाट हालसम्म ५११ नेपाली बाहिरिए

द्वन्द्व ग्रस्त युक्रेनबाट हालसम्म ५११ नेपाली बाहिरिए

काठमाडौँ । रुस–युक्रेनबीच युद्ध चलिरहेको एक साता भन्दा बढी भएको छ । उक्त द्वन्द्वको चपेटामा रहेका प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेको नेपाली राजदुतावास जर्मनले जनाएको छ ।

पछिल्लो तथ्याकंअनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले जानकारी दिए ।

हालसम्म युक्रेनबाट ७१ जना स्लोभाकिया, ४ सय ३ जना पोल्याण्ड, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेको उद्दार समितिले जनाएको छ ।
समितिकाअनुसार ५ सय ११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् भने ती मध्ये ४ जनाको मानसिक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।

जर्मनस्थित नेपाली दूतावासले युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.