भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

धनुषामा गोली चल्यो

धनुषामा गोली चल्यो

काठमाडौं । एक युवकमाथि धनुषामा गोली प्रहार भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१९ मा १८ वर्षीय मुकेश मुखिया शनिबार राति गोली प्रहार हुँदा घाइते भएको धनुषाका प्रहरीले जनाएको छ । मुखियाको चिउँडोमा लागेको गोली घाँटीमा गएर अड्किएको छ भने उनलाई उपचारका लागि काठमाडौं ल्याइएको जनाइएको छ ।

गोली कसले प्रहार गरेको भन्ने नखुलेको र अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट पेस्तोल समेत बरामद गरेको छ । किराना पसलमा बसेर ६÷७ जनाको समूह कुराकानी गरिरहँदा एक्कासि मुखियामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.