भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

धानको मूल्य निर्धारणसम्बन्धी छलफल

धानको मूल्य निर्धारणसम्बन्धी छलफल

जनकपुर । धानको न्यूनतम समर्थन मूल्य निर्धारणका विषयमा सङ्घीय र प्रदेश सरकार बीच छलफल भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सम्पन्न छलफलले धानको न्यूनतम मूूल्य निर्धारण गरी सरकारी स्तरबाट खरिद गर्ने सोचाइ बनाएको छ । यसका लागि प्रदेश भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिनभित्र विस्तृत प्रस्ताव तयार गरी सङ्घीय मन्त्रालयमा पेश गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सो छलफलमा किसानलाई उचित मुल्य उपलब्ध गराउने प्रत्याभूतिका लागि विभिन्न प्रकारका विषयहरुमाथि विचार विमर्श भएको थियो । छलफलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, राज्यमन्त्री योगेन्द्रराय यादव, प्रमुख सचिव अर्जुन पोखरेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.