भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धानको मूल्य निर्धारणसम्बन्धी छलफल

धानको मूल्य निर्धारणसम्बन्धी छलफल

जनकपुर । धानको न्यूनतम समर्थन मूल्य निर्धारणका विषयमा सङ्घीय र प्रदेश सरकार बीच छलफल भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सम्पन्न छलफलले धानको न्यूनतम मूूल्य निर्धारण गरी सरकारी स्तरबाट खरिद गर्ने सोचाइ बनाएको छ । यसका लागि प्रदेश भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिनभित्र विस्तृत प्रस्ताव तयार गरी सङ्घीय मन्त्रालयमा पेश गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सो छलफलमा किसानलाई उचित मुल्य उपलब्ध गराउने प्रत्याभूतिका लागि विभिन्न प्रकारका विषयहरुमाथि विचार विमर्श भएको थियो । छलफलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, राज्यमन्त्री योगेन्द्रराय यादव, प्रमुख सचिव अर्जुन पोखरेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.