भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

धार्मिक, सामाजिक र सांस्कृतिक समानताका कारण नेपाल–भारत बीचको सम्बन्ध अनुपम

धार्मिक, सामाजिक र सांस्कृतिक समानताका कारण नेपाल–भारत बीचको सम्बन्ध अनुपम

काठमाडौँ, । विभिन्न राजनीतिक पार्टीका नेता एवं पूर्वमन्त्री र पूर्वराजदूतहरूले भौगोलिक निकटका साथ धार्मिक, सामाजिक र सांस्कृतिक समानताका कारण नेपाल–भारत बीचको सम्बन्ध अनुपम रहेको बताउनुभएको छ । छिमेकी मित्रराष्ट्र भारतको ७५औँ स्वतन्त्रता दिवसका उपलक्ष्यमा नेपाल–भारत मैत्री समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले समान मूल्य, मान्यता एवं रोटीबेटीका सम्बन्धका कारण नेपाल–भारत बीचको सम्बन्ध विशिष्ट रहेको बताउनुभयो ।

दुई देशका नागरिक–नागरिक बीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै उहाँहरूले यस किसिमको सम्बन्धलाई अझ प्रगाढ, घनिष्ट र उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भारतीय स्वतन्त्रता सङ्ग्राममा नेपालीहरूले पनि भाग लिएको उल्लेख गर्दै अब भारतको समृद्धि र विकासबाट नेपाल लाभान्वित हुनसक्नुपर्ने समय आएको बताउनुभयो ।

नेकपा ९एमाले० का विदेश विभाग प्रमुख डा राजन भट्टराईले दुई देशबीच रहिआएको सुमधुर र अनुकरणीय सम्बन्धलाई अझ प्रगाढ, घनिष्ट र उपलब्धिमूलक बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालस्थित भारतीय दूतावासका काउन्सिलर अनिल गिरीले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक र अनुपम रहेको चर्चा गर्दै यस किसिमको सम्बन्धलाई अझ थप उचाइमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

समाजका अध्यक्ष प्रेम लस्करीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री हिसिला यमी, जनता समाजवादी पार्टीका नेता मनिष सुमन, भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय र प्रा डा लोकराज बराल, नेपाल सरकारका पूर्वमुख्यसचिव तीर्थमान शाक्य र नेपाल मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले सरकारी तहका साथ जनता–जनताको बीच सम्बन्ध अझ प्रगाढ बनाउने दायित्व नागरिक समाजको पनि रहेको बताउनुभयो ।

भारतको ७५औँ स्वतन्त्रता दिवसका उपलक्ष्यमा आज काठमाडौँ, लैनचौरस्थित भारतीय दूतावाससहित नागरिक समाजका विभिन्न तह र तप्काबाट कार्यक्रम आयोजना गरिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.