भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

नदीजन्य पदार्थ उत्खनन खुल्ला

नदीजन्य पदार्थ उत्खनन खुल्ला

दाङ । दाङमा नदीजन्य पदार्थ उत्खनन खुल्ला गरिएको छ । जिल्ला अनुगमन समितिको आज बसेको बैठकले विकास निर्माणको समयमा नदीजन्य पदार्थमा रोक लगाउँदा विकास अवरुद्ध भएको भन्दै खुलाउने निर्णय गरेको हो ।

बैठकले नदीजन्य पदार्थको उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ ले तोकेको मापदण्ड तथा सर्तहरुको अधीनमा रहेर पालिकाहरुले व्यवस्थापन गर्ने निर्णय गरेको अुनगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताउनुभयो ।

त्यसैगरी बैठकले लुम्बिनी प्रदेश सरकारले तोकेको प्राकृतिक स्रोत शुल्कलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले विगतमा लिँदै आएको शुल्कमा थप परिमार्जन गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.