काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्।बलाधिकृत रथी प्रभुराम शर्माले बिदाई गरेका हुन ।
भ्रमणको तेस्रो दिन शुक्रबार बिहान उनले नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थिहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगी अनुभवहरुका बारेमा बताएका थिए । यस्तै स्वदेश प्रस्थान गर्नु पूर्व नरवणेले प्रधानमन्त्री केपी ओलीसँग समेत भेटवार्ता गरेका थिए ।
यसअघि बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यालेवी भण्डारीबाट उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।
