भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

नवनिर्वाचित वडाध्यक्षद्वारा अस्पतालमा रहेको शव ल्याउन सहयोग

नवनिर्वाचित वडाध्यक्षद्वारा अस्पतालमा रहेको शव ल्याउन सहयोग

भजनी । पैसा तिर्न नसकेर अस्पतालमा नै राखिएको शव नवनिर्वाचित वडाध्यक्षले ल्याउन सहयोग गर्नुभएको छ । इलामको माई नगरपालिका–७ का वडाध्यक्षमा निर्वाचित बुद्धि खनाले सपथ लिनु अगाबै आर्थिक अभावमा अस्पतालमा अलपत्र परेको एक महिलाको शव निकालेर घरसम्म ल्याउन सहयोग गर्नुभएको हो । उहाँले शपथ लिनु आगाबै अस्पतालमा अलपत्र युवतिको शव घरसम्म ल्याउन पहल गर्नुभएपछि परिवारले अन्तेष्ठी गरेको बताइएको छ ।

माई नगरपालिका–७ की २४ वर्षकी देउकला लुङ्गेली मगरको जेठ ४ गते काठमाडौँको मनमोहन मेमोरियल मेडिकल कलेजमा मृत्यु भएको थियो । उहाँको मृत्युपछि अस्पतालले उपचार खर्च तिर्न र शव बुझ्नका लागि परिवारलाई बोलाएको थियो । आर्थिक अभावका कारण उहाँको परिवार काठमाडौँ गएर उपचार खर्च तिर्ने र शव ल्याउन सक्ने अवस्थामा थिएन । नवनिर्वाचित वडाध्यक्ष खनालले अस्पतालमा लागेको रकम भुक्तानी गरेर शव घरसम्म ल्याउने व्यवस्था मिलाइदिनुभएको थियो ।

मृतक मगरका श्रीमान् सात वर्षदेखि सम्पर्कमा नभएको र तीन महिनाअघि उहाँहरूको घर आगलागीबाट सखाप भएको थियो । वैदेशिक रोजगारीका लागि दुबईबाट फर्किनुभएकी मगर मिर्गौलाको रोगी हुनुहुन्थ्यो । मृतक मगरको सात वर्षको एक बच्चा छ । सामाजिक सेवा गर्न जनताले मत दिएको बताउनुभएका वडाध्यक्ष खनालले सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.