भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नाइजेरियामा ७३ विद्यार्थी अपहरित

नाइजेरियामा ७३ विद्यार्थी अपहरित

लागोस, । नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् । नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ । विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् ।

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरुलाई अपहरण गर्न ठू्लो सङ्ख्यामा लडाकू आएका उल्लेख गरिएको छ । बुधबार बिहान काया गाउँबाट उनीहरुलाई अपहरण गरिएको र कता लगे भन्ने बारेमा एकिन हुन नसकेको अधिकारीले जनाएका छन् । अपहरित बालबालिका माध्यामिक तहका विद्यार्थी रहेका जनाइएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.