भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निःशुल्क स्वास्थ्य शिविरः दुई हजारभन्दा बढीले लिए सेवा

निःशुल्क स्वास्थ्य शिविरः दुई हजारभन्दा बढीले लिए सेवा

रामपुर, । पाल्पाको माथागढी गाउँपालिकामा आयोजित दुईदिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी नागरिकले सेवा लिएका छन् । मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर र त्रिवि शिक्षण अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा सेभ द हार्ट र माथागढी गाउँपालिकाद्वारा आयोजित उक्त शिविरमा दुई हजार ७९५ जनाले स्वास्थ्य जाँच गराएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । “कतिपय बिरामी भएर पनि अन्यत्र उपचार गर्न जान नसक्ने र आर्थिक समस्याले रोगसँग भित्रभित्रै लडेर बसिरहनुपर्ने अवस्थालाई दृष्टिगत गरेर गाउँमै शिविर आयोजना गरी सेवा दिएका हौँ, शिविरमा धेरैले सेवा लिनुभएको छ”, उनले भन्नुभयो ।

शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको शिविरमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाको नेतृत्वमा आएको चिकित्सकको टोलीले मुटु परीक्षण गरेको हो । मुटु परीक्षण गराएकामध्ये ६० जनामा जटिल समस्या देखिएपछि काठमाडौँ पठाइएको छ । तीमध्ये ४३ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । शिविरमा ४२८ जनाको इसिजी र ३८१ जनाको इको गराइएको छ । परीक्षण गर्दा विद्यार्थीलाई पनि मुटुसम्बन्धी समस्या देखिएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.