भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सराङकोटमा पर्यटन साहित्य उत्सव

सराङकोटमा पर्यटन साहित्य उत्सव

गण्डकी, । अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति वासिङटन डिसीको आयोजनामा पोखरामा एक दिने पर्यटन साहित्य उत्सव सम्पन्न भएको छ । पर्यटकीयस्थल सराङकोटमा आयोजित उत्सवमा कृति लोकार्पण, चर्चा परिचर्चा, रचना वाचनलगायत कार्यक्रम गरिएको थियो ।साहित्य र पर्यटन एक अर्काका पर्याय भएकाले अनेसासले यस्ता उत्सव विभिन्न समय र स्थानमा सञ्चालन गर्दै आएकामा यस पटक पोखराको सराङकोटमा आयोजना गरिएको ‘ट्रस्टिज’ सदस्य ऋषि बरालले बताए ।

उत्सवको पहिलो सत्रमा अनेसासका बोर्ड अफ ‘ट्रस्टिज’ सदस्य साहित्यकार तीर्थराज अधिकारीका ‘जुनका टुक्राहरू’ नामक अङ्ग्रेजी–नेपाली मुक्तक सङ्ग्रह र अधिकारीकै साधनाको स्वर्णवर्ष पुगेको अवसरमा प्रकाशित ‘साधनाको स्वर्ण वर्षः मुक्तकमणि तीर्थराज अधिकारी’ दुई कृति लोकार्पण गरिएको थियो । कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले दुवै कृति लोकार्पण गर्दै स्रष्टामा असल भावनाको विकास भए नयाँ कृति प्रकाशनका लागि विषयवस्तु खोज्नु नपर्ने धारणा व्यक्त गर्नुभयो । स्रष्टाको सम्मान जिउँदैमा हुनुपर्नेमा जोड दिँदै उनले कृतिकार अधिकारीको साधनाको वास्तविक सम्मान भएको बताए ।

अनेसासका केन्द्रीय सल्लाहकार सुमल गुरुङले भाषा, कला र साहित्यको उत्थानका लागि मात्र आफूहरू क्रियाशील नभएर पर्यटन र साहित्यलाई एकै सिक्काका दुई पाटा बनाएर अघि बढेको जानकारी दिए ।डा. जगन्नाथ रेग्मीले अधिकारीको जीवनयात्रालाई बुझ्न लोकार्पित कृति सहयोगी हुने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममा सहभागी स्रष्टालाई सम्मान पनि गरिएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.