भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निःशुल्क हाडजोर्नी शिविर

निःशुल्क हाडजोर्नी शिविर

पाँचथर । फिदिममा सञ्चालन भएको १० दिने निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा एक सय आठ जनाको शल्यक्रिया तथा दुई सय २६ जनाको जाँच गरिएको थियो । हाडजोर्नीको समस्या भएका र शरीरको विभिन्न अङ्गमा राखिएको स्टील रड पनि निकालिएको चिकित्सक मिङमा गेल्जेङ शेर्पाले बताउनुभयो ।

विपन्न नागरिकलाई लक्ष्य गरी घरआँगनीमै सेवा प्रवाह गर्ने उद्देश्यले पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजक फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो ।उक्त नगरपालिका तथा पाँचथर जिल्ला अस्पतालले आयोजना गरेको सो शिविरमा नेपाल माउण्टेन मोबाइल अस्पताल तथा सोलखुम्बु पोलिटेक्निकल एकेडेमीको प्राविधिक सहयोग उपलब्ध गराएको थियो भने स्थानीय जनसेवा समाजले शिविर व्यवस्थापन गरेको थियो । यसअघि पनि सोही टोलीले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । गत मङ्सिर २१ गतेदेखि सुरु भएको शिविर बिहीबार सम्पन्न भएको हो ।

 


Thali Mobile Pvt.Ltd.