भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडा अधिक

निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडा अधिक

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा रहेको पाइएको छ । हालै सम्पन्न राष्ट्रिय गैँडा गणनाको तथ्याङ्कअनुसार पश्चिमी क्षेत्रमा धेरै गैँडा भेटिएका हुन् । गैँडा गणनाका क्रममा निकुञ्ज र आसपासका क्षेत्रलाई १८ भागमा विभाजन गरिएको थियो । सो क्रममा आएको तथ्याङ्कअनुसार निकुञ्जको मुख्य कार्यालय कसरादेखि पश्चिमतर्फ ४२९ गैँडा भेटिएका हुन् । पूर्वतर्फ यो सङ्ख्या २६५ मात्रै रहेको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ पर्ने सुखीभार क्षेत्रमा सबैभन्दा बढी १५४ वटा गैँडा भेटिएका छन् । यो क्षेत्र कसरासँगै जोडिएको क्षेत्र हो । यसलाई मध्यभाग मान्दा पूर्व र पश्चिम उस्तै उस्तै सङ्ख्यामा रहेका छन् । पूर्वमा २६५ र पश्चिममा २७५ रहेका छन् । यस वर्षको गणनामा निकुञ्जमा ६९४ गैँडा भेटिएका थिए ।

पूर्वमा सौराहा आसपासका क्षेत्रमा गैँडाको राम्रो बसोबास रहेको पाइएको छ । यहाँ ९५ वटा गैँडा रहेका छन् । निकुञ्जको पुरानो पदमपुर आसपासका क्षेत्रमा ती गैँडा गणनाका क्रममा भेटिएका हुन् । त्यसैगरी सोही क्षेत्रको नजिक बहपुर खोला आसपासमा ६३ वटा गैँडा भेटिएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा कम मकवानपुर जिल्लाको प्रतापपुर क्षेत्रमा एउटा मात्रै गैँडा भेटिएको अधिकारीले जानकारी दिनुभयो । त्यस्तै त्रिवेणीको कानामाना क्षेत्रमा तीन वटा मात्रै गैँडा भेटिएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले घाँसे मैदान र पानीको स्रोतहरु पूर्वमा बढी व्यवस्थित भए पनि पश्चिममा गैँडाको सङ्ख्या बढी भएको बताउनुभयो । भारततर्फ जानसक्ने टेम्पल टाइगर, भेलौजी, सेरी, धजाहा, बगुवनलगायतका क्षेत्रमा १०० भन्दा बढी गैँडा रहेको तथ्याङ्कमा देखिएको छ । ती क्षेत्रमा धेरै गैँडा हुनु जोखिमपूर्ण रहेको बरालको भनाइ छ ।

त्यहाँबाट भारततर्फ गैँडा जान सक्ने भएकाले ती गैँडालाई आन्तरिक स्थानान्तरण गरी पूर्व क्षेत्रमा लैजानुपर्ने बरालले बताउनुभयो । गणनाअघि नै निकुञ्जका अधिकारीहरुले पश्चिम क्षेत्रका गैँडालाई पूर्वमा ल्याउनुपर्ने बताउँदै आएका थिए । केही वर्षअघि राप्ती र नारायणीमा आएको ठूलो बाढीले धेरै गैँडा बगाएर भारत पु¥याएको थियो । केहीलाई उद्धार गरी ल्याइएको भए पनि अझै केही भारतीय क्षेत्रमा रहेको अनुमान छ । गणनाका क्रममा ४७४ वटा वयस्क, ९५ अर्धवयस्क र १२५ बच्चा गैँडा भेटिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.