भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

राष्ट्रपति पौडेलको ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ उपचार खर्च सरकारले नै ब्यहोर्ने

राष्ट्रपति पौडेलको ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ उपचार खर्च सरकारले नै ब्यहोर्ने

काठमाडौं । भारतमा गरिए राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । गत बैशाख १९ गते राष्ट्रपति पौडेलले उपचार खर्च आफैं ब्यहोर्ने बताए पनि सरकारले नै व्यहोर्ने भएको हो । मन्त्रिपरिषदको निर्णय अनुसार परराष्ट्र मन्त्रालयले उक्त रकम निकासाका लागि अर्थमन्त्रालयलाई लेखेको पत्र समेत सावर्जजनिक भईसकेको छ ।

असार १२ गतेको मन्त्रिपरिषद वैठकले उपचारका लागि जाँदा आउँदाको खर्चदेखि अल इण्डिया मेडिकल कलेजमा उपचारमा भएको खर्च गरी ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ व्यहोर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयले अर्थलाई लेखेको पत्रमा राष्ट्रपति पौडेलसँग उहाँकी पत्नी सविता पौडेल, छोरा चिन्तन पौडेल, छोरीपट्टीका दुई नाति, शिष्टाचार महापाल, परराष्ट्रका अधिकृत, सुरक्षाकर्मी र सहयोगी समेत ११ जना दिल्ली गएको पनि उल्लेख छ ।

राष्ट्रपति पौडेल गत बैशाख ६ गते श्वास प्रश्वास सम्बन्धि उपचारकालागि हवाई एम्बुलेन्सबाट भारत जानु भएको थियो । वैशाख १७ गते उहाँ स्वदेश फर्कनु भएको थियो । सामाजिक संजालमा पौडेलेको चर्को आलोचना भएपछि उहाँका प्रेस सल्लाहकारहरुले भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेले आफैंले ब्यहोर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.