भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निरुताको लगनगाँठो, प्रश्न शाेध्ने नाजवाफ !

निरुताको लगनगाँठो, प्रश्न शाेध्ने नाजवाफ !

काठमाडौं । लोकप्रिय अभिनेत्री निरुता सिंहले बिहे कहिले गर्ने भनेर प्रश्न गर्नेहरूलाई एकैपटक लगनगाँठो कसेर जवाफ दिएकी छन् । गत साता भारतको मुम्बई निवासी सञ्जीव गुलाटीसंग लगनगाँठो कसी केही दिनपछि फेसबुक पेजमा फोटोसहित स्ट्याटस पोस्ट गर्दै बिहेको प्रश्न गर्नेलाई जवाफ दिएकी हुन् ।

‘मलाई माया गर्नुहुने मेरो सम्पूर्ण घर–परिवार, आफन्त, छर–छिमेक, चलचित्रकर्मी साथी–भाइ, अग्रज व्यक्तित्व, विभिन्न माध्यमका सञ्चारकर्मीलगायत मलाई माया गरेर मेरो चलचित्र हेरेर त्यसलाई सफल बनाईं मलाई निरुता सिंह बनाइदिनुहुने सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावको यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो’ गत बिहीबार बिहे बन्धनमा बाँधिएकी निरुताले फेसबुकमा लेखेकी छने त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’

आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु। तपाईंहरूकी निरुता सिंहले गत बिहीबार ३१ अगस्टको दिन मुम्बई निवासी सञ्जीव गुलाटीसँग लगन गाँठो जोडेको छिन्।’ उनले बिहेको आशिर्वाद लिन चाँडै नेपाल आउने पनि फेसबुकमा उल्लेख गरेकी छिन्। ‘हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु। चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउनेछु।’

 


Thali Mobile Pvt.Ltd.