भर्खरै : Sorry, your browser does not support inline SVG.

युक्रेनी संसदद्वारा रक्षामन्त्रीको राजीनामा स्वीकृत

युक्रेनी संसदद्वारा रक्षामन्त्रीको राजीनामा स्वीकृत

एजेन्सी । कीएभ । युक्रेनी संसदले रक्षामन्त्रीओलेक्सी रेजनिकोभको राजीनामा स्वीकृत गरेको छ । मङ्गलबार युक्रेनी संसदले देशको रक्षामन्त्री रेजनिकोभलाई पदबाट बर्खास्त गर्ने पक्षमा मतदान गरेको सांसद यारोस्लाभ झलेजन्याकले बताए ।

उक्त प्रस्तावको पक्षमा ३२७ मत परेको र आवश्यक न्यूनतम २२६ मतभन्दा बढी मत प्राप्त भएको जेलेज्न्याकले टेलिग्राममा उल्लेख गरेको छ । सन् २०२१ को नोभेम्बरमा रक्षामन्त्री नियुक्त भएका रेजनिकोभले सोमबार संसदका अध्यक्ष रुस्लान स्टेफानचुकलाई राजीनामा पत्र बुझाएको बताएका थिए ।

आइतबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रेजनिकोभलाई बर्खास्त गर्ने र देशको प्रमुख निजीकरण कोषका प्रमुख रुस्टेम उमरोभलाई उनको स्थानमा नियुक्त गर्न संसदमा प्रस्ताव पेश गर्ने बताएका थिए । झलेज्न्याकका अनुसार उमरोभको नियुक्तिबारे संसदले बुधबारको बैठकमा निर्णय गर्ने सम्भावना रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.