निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छापियो

निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छापियो

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छापिइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । सोमबार नियमित पत्रकार सम्मेलन गर्दै ४६ जिल्लाका लागि मतपत्र तयार भइसकेको आयोगले जानकारी दिएको हो ।

९५ लाख थान मतपत्र छापिइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको भन्दै सुरुमा दुर्गम जिल्लाका लागि र पछि सुगम जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको उनको भनाइ छ ।

दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमा छापिएको आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने तयारी गरेको आयोगले यसपटक मतदाता संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको जनाएको छ ।

निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र उत्साहपूर्ण ढंगलेसम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्ने गुनासा आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.