भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कारबाही

निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कारबाही

चितवन । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो ।

उहाँका अनुसार उनीहरुलाई रु एक हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको छ । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेका उनीहरुलाई जरिवाना गराई सम्झाएर पठाइएको उहाँले बताउनुभयो । यस्तै निषेधाज्ञाको समयमा विनाकारण बजारमा हिँड्डुल गर्ने ११ हजार ७२० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ ।

होल्डमा राखिएकामा मास्क नलगाई हिँड्डुल गर्ने पनि छन् । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा बजारमा देखिएका सात हजार ७०० सवारी साधनलाई कारबाही गरिएको छ । त्यसमा चारपाङ्ग्रे सवारी साधन एक हजार ४४५ र दुईपाङ्ग्रे सवारी साधन छ हजार २६० रहेका छन् । उनीहरुलाई रु ५०० देखि एक हजारसम्म जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्नेबाट कारबाहीस्वरुप रु २२ लाख ९१ हजार ४०० राजश्व सङ्कलन गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जारी गरिएको निषेधाज्ञा तेस्रो पटकसम्म थप गरिएको समयसमेत यही जेठ २० गते सकिँदैछ ।

कोरोना सङ्क्रमणका कारण जिल्लामा २२१ जनाको मृत्यु भएको छ भने १३ हजार ८८९ सङ्क्रमित भएका छन् । सोमध्ये चार हजार ८४५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचाररत १५०, होम आइसोलेशनमा रहेका चार हजार ६७९ र सार्वजनिक आइसोलेशनमा रहेका १६ सङ्क्रमित छन् ।

 


Thali Mobile Pvt.Ltd.