भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

नृत्यको अनुसन्धान गर्दै प्रदेश प्रतिष्ठान

नृत्यको अनुसन्धान गर्दै प्रदेश प्रतिष्ठान

काठमाडाैं । गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ । लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो । गत माघ १ गतेदेखि सुरु भएको अनुसन्धान कार्य चैत मसान्तभित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसन्धानकर्ता अहिले गण्डकीका ११ वटै जिल्ला पुगेर अनुसन्धान सुरु गर्नुभएको छ । यही चैत ३० गतेभित्रमा अनुसन्धान प्रतिवेदनसहितको सामग्री प्रतिष्ठानलाई बुझाउनुपर्ने समय निर्धारण गरिएको छ । अनुसन्धानकर्तामार्फत अक्षर र भिडियोसमेतका जानकारी सङ्कलन गरिरहेको जनाउँदै उहाँले भन्नुभयो, “यस वर्ष सबै जातिलाई समेट्न नसके पनि बाँकी जातिलाई क्रमैसँग अर्को वर्ष छनोट गर्दै अनुसन्धान गरिने छ ।”

प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार अनुसन्धान आफैँमा ऐतिहासिक पाटो भएको तथा प्रतिष्ठान स्थापनाको छोटो समयमा थोरै बजेटमा यो वर्ष कम्तीमा ३० वटा लोपोन्मुख नृत्यको अनुसन्धान र छायाङ्कन गर्न लागिएको हो । छायाङ्कन गर्ने नृत्य २३ मिनेटदेखि दुई घण्टा ५८ मिनेटसम्मका हुने छन् । “अब हामी श्रव्यदृश्य कक्ष तयार गर्ने छौँ, जहाँ हामीले अनुसन्धान बाट प्राप्त गरेका यथार्थ कुरा नयाँ पिँढीलाई देखाउने छौँ”, उहाँले भन्नुभयो, “अनुसन्धान कार्यका लागि १४ अनुसन्धानकर्ता छनोट गरिएको छ ।”

यस वर्ष छनोट भएकामा थकाली जातिका लागि ज्योति भट्टचन, कुमाल जातिका लागि ईश्वर कुमाल, छन्त्याल जातिका लागि हरिचन छन्त्याल, माझी जातिका लागि नम्रता केसी, गुरुङ जातिीका लागि तेजबहादुर गुरुङ, मगर जातिका लागि मनोज घर्तीमगर, थारु जातिका लागि डा विष्णुकुमार सिञ्जाली रहनुभएको छ ।

यसैगरी दरै जातिका लागि राजकुमार दरै, तामाङ जातिका लागि कुमार तामाङ, दुरा जातिको लागि लालबहादुर भुजेल, ब्राह्मण तथा क्षेत्री जातिको लागि खगराज शर्मा, नेवार जातिका लागि रमेश लिगल, दमाई जातिका लागि वसन्त खनाल र गन्धर्व जातिका लागि डा तुलसीराम खनालले अनुसन्धानकर्ताको जिम्मेवारी पाउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.