भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नेकपा एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिको दवाव

नेकपा एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिको दवाव

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिहरुले दवाव दिएका छन् । विस २०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दवाव एवं खबरदारी गरेका हुन् । ‘समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो नेकपा एमाले आजको आवश्कता’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको नेकपा एमाले काठमाडौँ क्षेत्र नं १० का संयोजक एवं नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिभक्त महर्जनले जानकारी दिनुभयो ।

महर्जन चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नं ११ का वडा अध्यक्षसमेत हुनुहुन्छ । “यो दवावले नेकपा एमाले टुटफुट नभई एकताबद्ध बनाउन र पुष्पलाल, मनमोहन, मदन भण्डारीले देखेको सपना पूरा गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । चन्द्रागिरि काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् । चन्द्रागिरिमा स्थानीय तहको निर्वाचनमा उपप्रमुखसहित नेकपा एमालेका ५८ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.