भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेकपा बहुमतको प्रस्ताव- भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा देऊ

नेकपा बहुमतको प्रस्ताव- भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा देऊ

काठमाडाैं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा (बहुमत)का संयोजक बास्तोलाले उक्त कागज कारखाना सञ्चालनका लागि आवश्यक जनशक्ति आफ्नो पार्टीबाट उपलब्ध गराउने प्रस्ताव गर्नुभयो ।

“कारखानाको सम्पत्ति अहिले अलपत्र परेको छ । नेपालका युवालाई परिचालित गरेर त्यो कारखाना हामी चलाउन चाहन्छौँ । त्यतिबेला भएका मेसिन सरकारले उपलब्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो । सो कारखाना नाफा नहुञ्जेल आफूहरुले चलाउने र सक्षम भएपछि पूर्णरुपमा सरकारलाई हस्तान्तरण गर्न तयार रहेको उहाँको भनाइ छ । कुनै समय अत्यन्त सफल मानिएको सो उद्योगको जग्गा र सम्पत्ति अहिले अलपत्र अवस्था छ । सरकारले सो कारखाना निजी क्षेत्रलाई सञ्चालन गर्ने जिम्मा दिएको भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । संयोजक बास्तोलाले सरकार र जनताको सहभागितामा बन्द भएका उद्योगधन्दा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

भृकुटी कागज कारखानासँगै ललितपुरको हरिसिद्धी इँटा टायल कारखाना, बाँसबारी छाला जुत्तालगायत कारखाना निजी क्षेत्रबाट सञ्चालन गर्ने गरी बिक्री भए पनि ती अझै सञ्चालनमा आउन सकेका छैनन् । उहाँले लामो समयदेखि बन्द रहेका कारखाना सञ्चालन गर्न पनि माग गर्नुभयो । “जनशक्ति हामीले परिचालन गर्छौं, कारखानाबाट हराएका मेसिन राज्यले उपलब्ध गराओस्, हामी कारखाना सञ्चालन गर्छौं”, संयोजक बास्तोलाले भन्नुभयो । रोजगारी सिर्जना गर्ने ठूला राष्ट्रिय कारखाना सञ्चालनको अभियान सुरु गर्ने उहाँको भनाइ छ ।

नेकपा बहुमतले जनजीविका, राष्ट्रियता, किसान, भूमिहीनलगायतका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.