भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

नेकपा भित्रको विवाद मिलाउन मन्त्री हेरफेरमा सरकार

नेकपा भित्रको विवाद मिलाउन मन्त्री हेरफेरमा सरकार

३२ साउन २०७७ काठमाडौं । नेकपा भित्र विवाद मिलाउन र शक्ति सन्तुलन कायम गर्न केन्द्रीय सरकारका केही मन्त्रीहरु हेरफेर गरिने नेकपाका नेताले बताएका छन् ।

मुख्यमन्त्रीहरुको समेत जिम्मेवारी हेरफेर गरेर जानुपर्ने आवाज अहिले नेकपाको सचिवालयमा चर्को रुपले उठ्दै आएको छ । सन्तुलन मिलाउन समेत मन्त्रिमण्डल पुनर्गठन गरिनु पर्ने माग कतिपय नेताहरुले गर्दै आएका छन् । समग्र पार्टी पद्धति तथा सरकारका काम प्रभावकारी बनाउन कार्यदलले यसबारे विकल्प पेस गर्ने निश्चित भएको नेकपाका एक स्थायी समिति सदस्यले बताए ।

२ वर्ष मन्त्री भैसकेका र राम्रो परफमेन्स देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने सम्भावना स्रोतको दावी छ । भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतलाई मौका दिने गरी ओली प्रचण्डबीच लगभग सहमति भएको स्रोतले बताएको छ । नेकपा सचिवालय बैठक भोलि बस्ने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.