भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

नेपालमा बाघको संख्या बढ्दै

नेपालमा बाघको संख्या बढ्दै

बाघ फेलिडी परिवारको प्यान्थरा वर्ग अन्तर्गत पर्ने ूठुलो बिरालो समुहको सबैभन्दा ठूलो र शक्तिशाली जङ्गली जनावर हो । कुनै समय पश्चिममा टर्कि, उत्तरमा साइबेरिया देखि दक्षिणमा बालीसम्मको भूभागमा शिर्ष शिकारीको रूपमा राजगरेको यो जनावर अहिले पूर्वी र दक्षिणी एसियाका १३ देशहरूमा मात्र सिमित हुन पुगेको छ । नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको सङ्ख्या १ सय २१ बाट बढाएर २ सय ५० पुर्याउने लक्ष्य राखेकोमा अहिले बाघको सङ्ख्या २ सय ३५ पुगिसकेको छ ।

संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले अर्को वर्षसम्ममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने निश्चित जस्तै भएको छ । बर्दिया र चितवनमा बाघको आक्रमणबाट मान्छेको ज्यान जाने घटना बढिरहेको छन् । बर्दियामा गएको आर्थिक वर्षमा मात्रै बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको छ । यही महिनाको पहिलो हप्तामा पनि अर्का एक जनाको बाघको आक्रमणबाट ज्यान गएको छ ।

सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । बाघको सङ्ख्या बढिरहँदा जोखिम पनि थपिएको छ । मान्छेलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिइएको बर्दिया निकुञ्जले जनाएको छ । सरकारले बाघलगायत अरू वन्यजन्तुको आक्रमणमा परेर घाइते भएका तथा ज्यान गुमाएकाका परिवारलाई राहत दिने गरेको छ । नेपालसहित विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ । विहिबार विश्व बाघ दिवस । ‘बाघको अस्तित्व र मानवको दायित्व’ भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम गरी मनाइँएको छ ।

 


Thali Mobile Pvt.Ltd.