मङ्कीपक्स सङ्क्रमणले विश्लाई जाल्न सक्छ, नेपालमा सतर्कता अपनाउन आग्रह

मङ्कीपक्स सङ्क्रमणले विश्लाई जाल्न सक्छ, नेपालमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्लो समय विश्वमा मङ्कीपक्स सङ्क्रमण फैलिन थालेको छ । विश्वभर अहिलेसम्म मङ्कीपक्स सङ्क्रमणका ७ सय केस देखिएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । युरोपेली देश फ्रान्समा मङ्कीपक्सको पहिलो सङ्क्रमण मे महिनामा देखिएको थियो । त्यसयता फ्रान्समा ५१ जना सङ्क्रमित भएका छन् ।

सङ्क्रमित सबै पुरुष रहेका छन् । मध्य तथा पश्चिमी अफ्रिकामा मङ्कीपक्स रोग तुलनात्मक रुपमा अझ धेरै फैलिएको छ । अहिलेसम्म नेपालमा यो सङ्क्रमण कसैमा सरेको देखिएको छैन । अहिले मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउ–जाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूले जनाएका छन् ।

नेपालमा मङ्कीपक्सबारे चासो देखिए पनि भौतिक रूपमै सतर्कता अपनाउनेबारे अहिलेसम्म कुनै कदम चालिएको छैन् । अहिलेसम्म मानवबाट अर्को मानवमा सङ्क्रमण सर्ने पुष्टि भइसकेको छैन। तर कपडाहरूबाट सर्छ भनिएको छ। यूकेका अधिकारीहरूले आफूहरूले बिफरको खोप किनेर भण्डारण गरेको र मङ्कीपक्सको जोखिममा पर्न सक्ने मानिसहरूलाई वितरण गरिने बताएका छन्। स्पेनका अधिकारीहरूले महामारीसँग लड्न बिफरका हजारौँ खोपहरू खरिद गरेको जनाएको छ ।

अस्ट्रेलियामा फेला परेका प्रथम सङ्क्रमित यूकेको भ्रमण गरेर फर्किएका एक व्यक्ति भएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ। उत्तर अमेरिकामा अमेरिकी राज्य म्यासचूसिट्सका स्वास्थ्य अधिकारीहरूले क्यानडाको भ्रमणपछि एक जना व्यक्तिमा उक्त रोग देखिएको बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.