भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालले निर्यातमा बनायो नयाँ रेकर्ड

नेपालले निर्यातमा बनायो नयाँ रेकर्ड

काठमाण्डौ । निर्यात व्यापारमा नेपालले नयाँ रेकर्ड बनाएको छ । नेपालले एउटै आर्थिक वर्षमा एक खर्ब रुपैयाँको निर्यात गर्न नसकेको अवस्थामा नयाँ रेकर्ड कायम गरेको हो । नेपालले चालु आर्थिक वर्षको आठ महिनामै एक खर्ब ४७ अर्ब रुपैयाँको वस्तु निर्यात गर्दै नयाँ रेकर्ड कायम गरेको जनाइएको छ । र्न सफल भएको विभागले जनाएको छ । नेपालले तीन अर्ब ६१ करोड रुपैयाँको सूर्यमुखीको तेल निर्यात गरेको छ ।

नेपालले आठ महिनामा ४१ अर्ब ४० करोड रुपैयाँको सोयाबिन तेल निर्यात गरेको तथ्याकं रहेको छ । आठ महिनामा नेपालले १३ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो गएको वर्षको आठ महिनाको तुलनामा ३८ दशमलव ६४ प्रतिशतले धेरै हो । आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यो गएको वर्षको आठ महिनाको तुलनामा ३४ दशमलव ५० प्रतिशतले धेरै हो । गएको आर्थिक वर्ष एक खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो भने यो आर्थिक वर्ष नेपालले दुई खर्ब रुपैयाँको वस्तु निर्यात गर्ने सम्भावना बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.