काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) पाँचौँ शिखर सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् ।
श्रीलंकाको कोलोम्बोमा चैत १६ मा आयोजना हुने बिमस्टेक सदस्य राष्ट्रहरुको पाँचौ शिखर सम्मेलनमा भाग लिन परराष्ट्र मन्त्री खड्का श्रीलंका जाने निणय भएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका जाने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
यसअघि सम्मेलनमा प्रधानमन्त्री देउवा भर्चुअल रुपमा सहभागी हुने जनाइएको छ ।
