भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

नेपाल रिपब्लिक मिडियाको स्वामित्व आम नागरिकमा

नेपाल रिपब्लिक मिडियाको स्वामित्व आम नागरिकमा

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले आम नागरिकलाई सेयर स्वामित्व हस्तान्तरण गरेको छ । सर्वसाधारणलाई मिडियाको स्वामित्व महसुस गराउन जारी गरिएको आइपिओ (प्राथमिक सेयर निष्कासन) को अन्तिम बाँडफाँट सोमबार सम्पन्न भएसँगै रिपब्लिक मिडिया आम नागरिकको बनेको हो ।

प्राथमिक सेयरमा १२ लाख ९९ हजार ७ सय २७ जनाले आवेदन भरेको भए पनि ६ हजार ९ सय २० जनाको आवेदन रद्द भएपछि १२ लाख २७ हजार ५ सय ६९ आवेदन मात्र योग्य भएका थिए । गत जेठ २६ देखि ३० सम्म सर्वसाधारणका लागि ३६ लाख १९ हजार ८ सय ९१ कित्ता सेयर जारी गरिएको थियो ।

यसमा सर्वसाधारणको अत्यधिक रुचिका कारण ३.७ गुणा बढी आवेदन परेको थियो । अत्यधिक मागका कारण राउन्ड रोबिन प्रक्रियाअन्तर्गत ३ लाख ६१ हजार ९ सय ८९ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

एक व्यक्तिलाई भने ११ कित्ता सेयर परेको छ । सेयर बाँडफाँट कार्यक्रममा अब सञ्चार क्षेत्रलाई संस्थागत गर्ने उचित समय आएको मिडियाकी प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.