भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नेपाल रेडक्रस सोसाइटीले श्वेतपत्र जारी गर्‍यो

नेपाल रेडक्रस सोसाइटीले श्वेतपत्र जारी गर्‍यो

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले संस्थाको समग्र अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गरेको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा  अाइतबार गरीउकाे कार्यक्रममा कार्यसमितिको तर्फबाट अध्यक्ष डा. नेत्र तिम्सिनाले श्वेतपत्र सार्वजनिक गर्नुभएको हो । तदर्थ समितिले कार्य प्रारम्भ गर्दा विभिन्न समस्याहरू विद्यमान रहेको जानकारी गराउँदै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा तिम्सिनाले नेरेसोको दर्ता नवीकरण हुन नसकी संस्थाको बैधानिकता माथि प्रश्न उठेकोले संस्था नवीकरण पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन गराउन पनि कर चुक्ता, समाज कल्याण परिषद्मा कार्यक्रम स्वीकृति, अनुमोदन तथा अनुगमनजस्ता कानुनी, वैधानिक विषयहरू टुंग्याउनु पर्ने छ ।”

विश्वका धेरै मुलुकमा जस्तै राष्ट्रिय कानुन बनाई रेडक्रस सञ्चालनको लागि स्पष्ट कानुनी आधार खडा गर्नु संस्थाको दृष्टि भएपनि तत्कालको लागि संस्था दर्ता ऐनको मर्म वमोजिम नै रेडक्रसलाई अगाडि बढाउनुपर्ने बाध्यता रहेको नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले बताउनुभयो । श्वेतपत्रमा उल्लेख भएवमोजिम तदर्थ समितिलाई दिइएको जिम्मेवारीमा कार्यसमिति प्रतिवद्ध रहेको र संस्थाको निर्वाचन कोभिडलगायतका विकसित परिस्थितिमा आधारित हुने उहाँले बताउनुभयो ।

श्वेतपत्रमार्फत तदर्थ समितिले नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय, समाज कल्याण परिषद, सञ्चार जगत र दातृ निकायहरुलगायत अन्य निकायसँगको सम्बन्धलाई थप सुधार बनाइने लगायतका २२ बुँदे प्रतिबद्धता जाहेर गरेको छ । जारी नौ पृष्ठको श्वतेपत्रमा संस्थाको वर्तमान समस्याहरु, सुधारका लागि प्रतिवद्धताहरु र संस्थाको विद्यमान अवस्थाको बारेमा उल्लेख गरिएको छ । नेरेसोको वर्तमान सांगठनिक, प्रशासनिक तथा आर्थिक अवस्था र अन्य स्रोत साधनको प्रयोग, भवन, जग्गा, गोदामघरहरू र संस्थागत चालु गतिविधिहरूको हालको अवस्थालाई पनि श्वेतपत्रमा चित्रण गरिएको छ ।

रक्तसञ्चार, एम्बुलेन्स, आँखास्याहार लगायत नेपाल रेडक्रसका विशेष सेवा र परियोजनाहरुको अवस्थाका साथै गोदामघर र सामग्रीको अवस्थाको बारेमा श्वेतपत्रमा आएको यथार्थ चित्रणले नेपाल रेडक्रसले गर्दै आएका सेवाहरुको महत्व र व्यापकता झल्काउने नेरेसोका निर्देशक दिव्यराज पौडेलले कार्यक्रममा जानकारी दिनुभयो ।पत्रकार भेटघाट कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्षद्वय डाक्टर विश्वकेशर मास्के, शर्मिला कार्की, कोषाध्यक्ष सिताराम कोइराला, उपकोषाध्यक्ष होम पाठक तथा केन्द्रीय कार्यसमितिका सदस्यहरु, नेरेसोका निर्देशक तथा विभागीय प्रमुखहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.