भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

रूपन्देहीकाे तिलोत्तमामा स्थगित मतगणना पुनः सुरु

रूपन्देहीकाे तिलोत्तमामा स्थगित मतगणना पुनः सुरु

बुटवल । गणकहरुले एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको पाइएपछि उत्पन्न विवादका कारण स्थगित भएको मत गणना पुनः सुरु भएको छ । रुपन्देहीको तिलोत्तमामा मंगलबार विहान ३ बजेदेखि मत गणना रोकिएको थियो । दुुई दिनदेखि स्थगित भएको मत गणना सुुरु भएको हो ।

तिलोत्तमाका सहायक निर्वाचा अधिकृत इन्द्र सापकोटाका अनुसार नेकपा एमाले बाहेका दलहरुले नगरपालिकाको वडा नंं. २ र १६ को मत गणना पुनः गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगको निर्देशन बमोजिम उक्त वडाहरुमा मत गणना सुरुबाटै गरिएको हो ।

तिलोत्तमा मेयर पदमा नेपाली कांग्रेसका रामकृष्ण खाँण र नेकपा एमालेका मोहन चापाईंबीच प्रतिस्पर्धा रहेको छ भने उपमेयर पदमा एमालेकी जागेश्वरीदेवि चौधरी र माओवादी केन्द्रका हेमन्त पाण्डेबीच प्रतिस्पर्धा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.