भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

‘नैतिकताका धरोहर मण्डेलाको सम्मान गरौँ’

‘नैतिकताका धरोहर मण्डेलाको सम्मान गरौँ’

न्यूयोर्क , । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’ का रूपमा चित्रण गर्दै उहाँले छाडेर गएको विरासतको सम्मान गर्न आह्वान गरेका छन् । “नेल्सन मण्डेला समुदायका समस्या समाधान गर्ने क्षमता भएका महान् व्यक्ति हुनुहुन्थ्यो, उहाँमा हामी सबैको समुज्ज्वल भविष्य निर्माण गर्ने क्षमता र जिम्मेवारीबोध थियो,” महासचिव गुटरेसले नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै भनेका छन् ।

युद्ध, द्वन्द्व,जातिवाद, भेदभाव, गरिबी र असमानताले पिरोलिएको वर्तमान विश्वमा जलवायु प्रकोपले थपेको चुनौतीको सामना गर्न मण्डेलाका दर्शन र प्रेरणा आज पनि उत्तिकै उपयोगी हुने अभिमत उनले जाहेर गरे । न्यायपूर्ण समाज निर्माण तथा मानवताको प्रवद्र्धनमा मण्डलाले गरेको योगदान सधैँ स्मरणीय रहने उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.