भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

न्युनतम मूल्यमा पनि धान बेच्न नपाएको किसानकाे गुनासोकै बीच कृषि मन्त्रालयमा अन्तरक्रिया

न्युनतम मूल्यमा पनि धान बेच्न नपाएको किसानकाे गुनासोकै बीच कृषि मन्त्रालयमा अन्तरक्रिया

काठमाडौं । धान भित्र्याइको मौसममा किसानलाई धान भित्र्याइको चटारो छ । यता सरकारले भने धानको न्युनतम समर्थन मूल्य तोकि सकेको छ । सहकारीमार्फत धान खरिद गर्ने भनि सरकारले निर्देशिका पनि जारी गरिसकेको अवस्था छ ।

तर किसानले न्युनतम समर्थन मूल्यमा पनि धान बेच्न नपाएको भनेर व्यापक गुनासो गरिरहेका छन् । सरकारले चुकेको मुल्यमा समेत किसानको समस्या ज्यूँका त्यूँ किन ? भन्ने सन्दर्भमा धानको समर्थन मूल्य कार्यान्वयन अवस्था र भावी कार्ययोजना विषयमा अनाजले कृषि मन्त्रालयमा भव्य अन्तरक्रियाको आयोजना सम्पन्न गरेको छ । सरोकारवालासँगकाे संवाद कार्यक्रममा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्था गर्ने निर्देशिकामा कृषकले धान बिक्री गरेको १५ दिनभित्रै रकम भुक्तानी पाउने व्यवस्था गरिएको बताए ।

सरकारले तोकेको न्यूनतम् समर्थन मूल्य किसानलाई दिने ग्यारेण्टी गर्न, समर्थन मूल्यको परिपाटी व्यवस्थित गर्न र बजारीकरण सुनिश्चित गर्न निर्देशिका ल्याइएको भन्दै बाली लगाउनुपूर्व नै मूल्य निर्धारण, भण्डारण र बजार मूल्यमा स्थिरता कायम गर्ने निर्देशिकाको उद्देश्य रहेको उनको भनाई छ ।

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले सरकारको निर्णय कार्यान्वनयका लागि आफूहरू तयार रहेको बताए। किसानको खेतबाट उठाउने धानको गुणस्तर, सरकारले तोकेको मूल्य र भण्डारणमा चुनौती रहेपनि सामना गर्न तयार रहेको बताए । सहकारीले पनि धान भण्डार र विक्री गर्ने सरकारी जग्गा पाउनुपर्ने र सरकारको अभियानमा साथ दिने संघ संस्थालाई सरकारले नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्ने बताए ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्था गर्ने निर्देशिकामा कृषकले धान बिक्री गरेको १५ दिनभित्रै रकम भुक्तानी पाउने व्यवस्था गरिएको भएपनि किसानलाई पैसा नतिरेसम्म सहकारीले अनुदान नपाउने व्यवस्था गरिएको छ । त्यस्तै नीति अनुसार यस आर्थिक वर्षका लागि मोटा धानको प्रति क्वीण्टल २ हजार ७३५ रुपैया, मध्यम धानको प्रति क्वीण्टल २ हजार ८८५ रुपैया न्यूनतम समर्थन मुल्य निर्धारण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.