भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सेनाद्वारा अमरगढी कोतघर हस्तान्तरण

सेनाद्वारा अमरगढी कोतघर हस्तान्तरण

ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरेको छ । त्यहाँ रहेका पुराना हातहतियारको खोजी गरी राख्न र पुस्तकालय स्थापनाका लागि कोतघर निर्माण गरिएको हो ।

पुरानो कोत घर भत्किएपछि पर्यटकलाई किल्लाका बारेमा जानकारी लिन समस्या भएकाले नेपाली सेनाको सिमिक कार्यक्रमअन्तर्गत करीब रु २० लाखका लागतमा कोतघर निर्माण गरिएको रणबम गणले जनाएको छ । हतियार राख्नाका साथै पुस्तकालयसमेत रहने गरी निर्माण गरिएको कोतघर अमरगढी नगरपालिकालाई आज हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले कोतघरमा राख्नका लागि आवश्यक पर्ने सामग्रीका लागि समन्वय गरिने बताए । नगरपालिका प्रमुख विश्वेश्वर ओझाले किल्ला घुम्न आउने पर्यटकलाई सहजै जानकारी दिने उद्देश्यले कोतघरमा हतियारका साथै पुर्खाले अङ्ग्रेजसँग लड्दाका बेला प्रयोग भएका सामग्री राखिने जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.