काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २१ गते बोलाएको छ ।
शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा बैठकमा छलफल हुने पौडेलले जानकारी दिए ।
