भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

पञ्चदान पर्व औपचारिकतामा सीमित

पञ्चदान पर्व औपचारिकतामा सीमित

भादगाउँ, । भक्तपुरको पञ्चदान पर्व सामान्य औपचारिक पूजामा सीमित गरी मनाइने भएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै आज मनाइने पर्वलाई औपचारिक पूजामा सीमित गरिने थथुबही महाबिहारका देवचन्द्र बज्राचार्यले जानकारीदिए । उहाँले पञ्चादन पर्व मनाउन दीपङ्कर बुद्धलाई बिहारबाट बाहिर ल्याए बढी भीड भई सङ्क्रमण चाँडै फैलन सक्ने जोखिम हुँदा बिहारभित्र नै पूजा गरी मनाउन लागेको बताए ।

उहाँले भन्नुभयो, “ यस अवसरमा देवतालाई बाहिर ल्याए नगरका मात्र नभई भक्तपुरका सबै गुठियारहरूको समेत पूजा थाप्ने परम्परा छ । यसरी पूजा थाप्दा भीड बढी हुने भएकाले सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर पाँचै बिहारको संयुक्त छलफलमा यस वर्ष पनि गएको वर्षजस्तै औपचारिकतामा सीमित गरिने निर्णय गरिएको हो ।” बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्वका रूपमा मनाइने सो पर्वका अवसरमा जिल्लाका पाँच बिहारबाट दीपङ्कर बुद्धलाई दिनभर नगरको विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइने परम्परा छ ।

दीपङ्कर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौको प्रसन्नाशील, गोल्मढीको झौरवही , साकोथाको चर्तुब्रह्म , भार्वाचोको थथुबही र दूधपाटीको कुथुबही महाबिहारका छन् । पञ्चदानमा जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नुन, घिरौला, बोडी, काँक्रो, क्वाटी आदि गच्छेअनुसार चढाउने परम्परा छ । यसलाई स्थानीय भाषामा पञ्जदान पंजरां भनिन्छ । पञ्जदान भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यस दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल गरी पाँच प्रकारका वस्तु दान गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.