भर्खरै : Sorry, your browser does not support inline SVG.
शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना |

पत्रकारसहित १५ जना पक्राउ

पत्रकारसहित १५ जना पक्राउ

भक्तपुर । चाँगुनारायण नगरपालिका ८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । शनिबार राति जुवाखालबाट पत्रकार सहित १५ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी , जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौं गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी

रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । केही राजनीतिक दलसम्वद्ध युवा र केही पत्रकारसमेत हुन् । यसअघि चाँगुनारयणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो । प्रहरीले नेताको नाम भने सार्वजनिक गरेन ।

 


Thali Mobile Pvt.Ltd.